पोखरा । चैत २६ गते पोखराको बिरौटा चोकमा रहेको बिजुलीको पोलमा आगो लाग्याे । पाेलमा अागाे दनदनी बल्न थाले पछि वरपरका मानिसहरूले प्राधिकरणकाे पाेखरा अफिस, प्रहरी र दमकललार्इ अबर गरे ।

बिजुलिकाे पाेलमा अागाे दन्किदैँ जादा मानिसहरू दमकल दमकल भन्दै चिच्याइ रहेका थिए । यतिकैमा साइरन बजाउँदै पोखरा महानगरपालिकाको दमकल अागाे दन्किरहेकाे स्थान नजिक पुग्याे । दमकल आए पछि अब अागाे निभ्छ भनेर सबैलार्इ लागेकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकलले अाफ्नाे पाइप निकालेर पानी फाल्न खाेज्दा त पाइपबाट हावा मात्रै अायाे ।

अागाे निमाउन दमकल त पानी नै नलिर्इ अाएकाे पाे पाइयाे । घटनास्थलमा भएका सबै मानिस चकित परे । अागाे बलिरह्याे दमकल हेरिरह्याे ।