बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत ४८ वर्षीय राम सेनाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलवार विहान करिब ११ बजेको समयमा उद्योगमा रहेको ८ लाख लिटर क्षमताको भण्डारण ट्यांकी एक्कासी पड्किएपछि त्यसको प्रेसरले पर्खाल भत्कँदा च्यापिएर सेनाइको मृत्यु भएको हो । घटनामा अन्य ९ मजदुर घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्यांकी जिर्ण थियो : कर्मचारी उद्योगले समयमै ट्यांकी मर्मत नगर्दा घटना भएको उद्योग स्रोतले जनाएको छ । ‘जिर्ण भइसकेको ट्यांकी मर्मतका लागि उद्योगमा कुरा चलिरहेको थियो, आज अचानक घटना हुन पुग्यो’ उद्योगका एक कर्मचारीले भने । तर, उद्योग प्रशासन र प्रहरीले भने घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । उद्योगले चिनी उत्पादन गरे पछि निस्कने उँखुको रस (छुवा) भण्डारण गरेर राखीने उद्योगको ट्याङकीहरु मध्ये ८ लाख लिटर क्षमताको एउटा ट्यांकी विस्फोट भएको हो ।

घाइतेको उपचार हुँदै विस्फोटमा परी घाइते हुने कर्मचारीहरु बारा भोडहा मटिअर्वाका ३० वर्षीय प्रमेश्वर साह, बाराको उत्तर झिटकैंया निवासी २७ वर्षीय भुपेन्द्र मण्डल, भारतीय नागरिक ५२ वर्षीय कमलेन्द्र सिंह, कलैया उपमहानगरपालिका–२ निवासी ब्रजेश महत्तो रहेका छन् । त्यस्तै बाराकै सितलपुर निवासी ३५ वर्षीय देवनरायण महत्तो, पर्सा जिल्लाको भेडिहारीका ३२ वर्षीय प्रेम राउत बरई, बारा उत्तर झिटकैंयाका ३५ वर्षीय रमेश यादव र बाराको महागढीमाई नगरपालिका–११ का ४७ वर्षीय नागेन्द्र ठाकुर पनि घाइते भएका छन् ।

उनीहरुको विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । एक जनाको कलैया अस्पतालमा उपचार भइरहेकोर अन्यको विरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एकको कलैया अस्पतालमा र बाँकी ८ जनाको विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।