काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटमा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र गणतन्त्र भारतको राजकीय भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत उच्चपदस्थ पदाधिकारीको समेत उपस्थिति थियो ।