नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही आउने बैशाख ९ गते हुने भनिएको पार्टी एकता केही समयको लागि टरेको छ । यसअघि दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकता बैशाख ९ गते नै गर्ने उद्धघोष गरेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले बैशाख ९ गते एकता नभएपनि बैशाख २५ गतेसम्म एकता गरेरै छाड्ने उद्धघोष गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता शर्माले भने,‘अहिले पार्टी एकताको लागि आजपनि छलफल हुने भनिएको थियो, तर अहिलेसम्म टुँगो छैन, एकतासम्बन्धी धेरै विषयहरु छन्।’ प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणमा गएकोले एकताको लागि केही गृहकार्य अझै गर्नुपर्ने देखिएको उनको भनाई थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले एकता चुनावमा जस्तो ६०/४० को अनुपातमा नहुने जिकिर गरे । नेता शर्माले भने,‘चुनावमाजस्तो भागबण्डा हुँदैन, अब एकता ५०/५० कै आधारमा हुन्छ, यसमा कुनै दुईमत छैन्। रिपोर्टस नेपाल बाट