काठमाडौं, २८ चैत । मंगलबारको मन्त्रिपरिषद्को निर्णयले बरियताक्रममा पहिलो नम्बरमा रहेका डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरिक्षकमा नियुक्ति गरेलगत्तै महानिरीक्षक पदको दावेदारकारुपमा रहेका डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।
आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएका हुन् । आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले खरेलले राजीनामा दिएको बताएका छन्।
खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए।
राजीनामा दिनुअघि खरेलले फेसबुकमा स्टाटस लेख्दै नवनियुक्त प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए । साथै उनले २९ वर्षे प्रहरीको सेवा अवधिबाट अलग्गिने निर्णय पनि फेसबुकमार्फत नै घोषणा गरेका थिए । फेसबुक स्टाटसमा खरेलले नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार पनि व्यक्त गरेका छन् । सझापोस्ट बाट साभार










