दमक/ झापाको केचना नाकाबाट अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको पाइएको छ । केचना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पथरिया ३ र केचना २ को क्षेत्रबाट २ लाख रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरेपछि  नाकाबाट कपडा भित्रीदै आएको पाईएको हो । भारतको ठाकुरगञ्ज बजार हुदै केचना नाकाबाट भित्राउन खोजिएको ६ पोका कपडा पथिरया बगान हुदै जलथलको जंगल बाटो हुदै विर्तामोड तर्फ लैजाने उक्त मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । सो कपडा केचनाका स्थानीय व्यापारी अरुण साहको रहेको प्रहरी स्रोतले जनाएको छ । साहले सो नाकाबाट भन्सार छलेर लत्ताकपडा, सुत्र्ती लगायतको सामान नेपाल भित्राउदै आइरहेको जनाइएको छ । यता बरामद गरेको ६ पोका कपडालाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिटटा बुझाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah