दमक/झापाको कमल गाँउपालिकाले चिडियाघर बनाउने प्रस्ताव अघि सार्ने भएको छ । रतुवा माइ बृक्षरोपण आयोजनाभित्र चिडियाघर उपयुक्त हुने देखिएको कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले बताएकीछन् ।
एक सय ४० वर्गकिलोमिटरमा फैलिएको कमलमा २०६८ को जनगणनाअनुसार साढे ४४ हजार जनसंख्या छ भने वार्षिक बजेट साढे ३३ करोड रूपैयाँ छ।
काफ्लेका अनुसार पाँच वर्षपछि कमल गाउँपालिकाका सबै वडा र तिनका टोलटोलमा सडक पुग्नेछ। कम्तीमा २०, ठिक्कको ३० र बढीमा ४० फिटका हुनेछन्। पाँच वर्षपछि फेरि बाटो बनाउन कतै खोज्नु पर्नेछैन। शुद्ध खानेपानी वितरण भएको हुनेछ। सामुदायिक विद्यालयको गुणस्तर हुनेछ, बोर्डिङका विद्यार्थी फर्कनेछन्। एउटा बाल अस्पताल बन्नेछ। रतुवामाईको जंगलभित्र चिडिया घरको अवधारणा अघि सारेका छौं। जंगलमा मसलाका बोट हुनेछन्।










