झापा । हावाहुरी पानीसंगै परेको चट्याङ लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ कुटी बजार निवासी ५५ बर्षीय महेशलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
सीमापारी भारतीय बजार गएका यादवलाई घर फर्किने बेलामा बाटोमा मंगलबार बेलुका ८ बजेतिर चट्याङले हानेका थिए । चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।










