दमक/अल नेपाल होमियोपेथिक एसोसिएसनको केन्द्रिय अध्यक्षमा दमकका डा. केपी सुबेदी निर्वाचित भएकाछन् । ९ औ केन्द्रिय महाअधिवेसनबाट डा. सुबेदी केन्द्रिय अध्यक्ष बनेकाहुन् ।
होमियोपेथिक चिकित्सकहरूले ‘होमियोपेथिक चिकित्सक काउन्सिल’ निर्माण गर्न माग गर्दै महाअधिवेसन सम्पन्न गरेको बताईएको छ । सुबेदीले होमियोप्याथिक औषधिको व्यवस्थापनका लागि सरकारले छुट्टै औषधि व्यवस्था विभाग खडा गर्नुपर्नेमा पनि जोड दिएकाछन् ।











