दमक/दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमक जेसिसले बेरोजगार युवाहरुलाइ तालिम प्रदान गर्नका लागि तालिम केन्द्र सञ्चालन गर्न सुझाव दिएकीछन् ।
दमक जेसिजले पहिलो पटक बार्षिक क्यालेण्डर सार्वजनिक गर्न राखेको कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले नगरपालिकाबाट हुदै आएका तालिमहरु प्रभावकारी नदेखिएको भन्दै जेसिजको माध्यमबाट तालिम गर्दा प्रभावकारी हुने विश्वास रहेको बताइन् ।
युवाहरुको भरोसाको केन्द्र जेसिसलाइ बनाउन आग्रह गर्दै त्यो भरोसा नगरपालिकाले पनि राखेको अधिकारीले बताएकी थिइन् । उनले युवाहरुको क्षमता र दक्षता बृद्धिका लागि आवश्यक कार्यक्रमहरु बनाउन आग्रह गरिन् ।
दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीको सभापतित्वमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसिजकी पूर्व अध्यक्ष रेगिना भट्टराइ, कमल नगर जेसिज अध्यक्ष कमल कट्वाल,गौरादह जेसिज अध्यक्ष राजु घिमिरे लगायतले बोलेका थिए ।
क्लव अध्यक्ष खत्रीले नगरपालिका लगायत दमकबासीले गरेको भरोसालाइ मर्न नदिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन महासचिब गोपाल गुरागाइले गरेका थिए ।











