काठमाडौं– प्रहरीले काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५ करोड रुपैयाँ भारु बरामद गरेको हो।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको हो। बरामद भारु नयाँ नोटहरु भएको आशंका गरिएको छ। ती नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारत सरकारले पुराना नोटहरुलाई प्रतिबन्ध लगाउँदै नयाँ नोटहरु सार्वजनिक गरेको थियो। कालो धन निरुत्साहित गरी नक्क्ली नोटको कारोबार रोक्न त्यस्तो कदम चालिएको थियो।

भारतमा ५ सय र एक हजार दरका पुराना नोट प्रतिबन्ध लगाएको १७ महिना भइसकेको छ। त्यसयता नेपालमा नक्कली भारु बरामद भएको थिएन। अहिले फेरी परिणाममा नयाँ डिजाइनका नक्कली नोट बन्न थालेका छ।

नक्कली भारुसहित पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गर्देछ। नेपाल लाइभ बाट