नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४, स्थित अरुणदय माविको परिसरभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्य राति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् ।

स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुङ्गेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनयुद्धकालीन मुद्दा व्यूत्याएर बालकृष्ण ढुङ्गेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले शालिक तोडफोड गर्नु परेको विप्लवले जनाएको छ । शालिक केही दिन पहिले मात्रै अनावरण गरिएको थियो ।

माओवादीले हत्या गरेका ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको मुद्दामा बालकृष्ण ढुङ्गेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यही फैसलापछि अहिले ढुङ्गेल डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका छन् ।

नया पेज बाट साभार