दमक , २९ चैत । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशले चुनौती संगै अवसर पाएकाले अव चुनौतीलाई चिरेर अवसर प्राप्तिका लागि अघि बढ्नु पर्ने खाँचो रहेको औल्याउनुभएको छ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको ऐतिहासिक प्रथम अधिबेशनको आज दिउँसो उद्घाटन गर्नुहुदै नेता नेम्बाङले देशलाई विकासंगै समृद्धि तर्फ अगाडी बढाउन सवैमा इच्छाशक्ति बन्नुपर्ने बताउनुभयो ।
देशलाई परिवर्तनतर्पm रुपान्तरण गर्न सानातिना विवाद र समस्यालाई दलीय सहमति, सहकार्य गरि अघि बढ्नुको विकल्प नभएको उहाँको भनाई थियो । पूर्व सभामुख समेत रहनुभएका नेम्बाङले जनताले ७० बर्ष लामो आफनै संविधान आफै बनाउने चाहना पूरा भएकाले त्यसैलाई आधार वनाएर अव देशलाई समृद्धिको यात्रामा अगाडी बढाउन देशका सामु अवसर आएको छ भन्नुभयो । उहाँले भन्नुभयो,–‘ अव पक्ष,विपक्ष भएर समृद्धिको यात्रालाई कसैले अनर्थ लगाउनु हुदैन् ।’
प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएकोमा जोड दिदै नेम्बाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको जोड दिनुभयो ।
एक प्रसङमा नेता नेम्बाङले आदिवासी रंगशालालाई सवै जातजाति,धर्मावलम्बीहरुको साझा रंगशालाका रुपमा भावनात्मक विकास गर्न सरोकारवालाहरुलाई सुझाव दिनुभयो । कमलमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्य राखेको प्रधानमन्त्री केपी ओलीको सन्देस सुनाउदै हुदै नेम्बाङले भन्नुभयो,–‘ जनस्तरबाट थालनी भएको रंगशाला निर्माणको अभियानले सरकारले सदैव सहयोग गर्छ ।’ प्रतिष्ठानका अध्यक्ष नित्यानन्द ताजपुरियाको अध्यक्षतामा भएको सो अधिबेशनको उद्घाटनमा रंगशालाका संस्थापक अध्यक्ष स्व. सन्तकुमार वान्तवालाई मरणोपन्त सम्मान गरिएको थियो ।
कार्यक्रममा संघीय संसद सदस्यद्धय एलपी सावाँ, महेन्द्रकुमारी सुब्बा,सामाजिक व्यक्तित्व दिलीप राईले आदिवासी रंगशालाको भावना अनुसार सरकारे रंगशाला बनाउनुपर्ने जोड दिनुभयो । अधिबेशनको वन्द सत्रले रंगशाला समितिको नयाँ नेतृत्व समेत चयन गर्ने बताईएको छ ।










