दमक,२९ चैत/झापाको कमल गाँउपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको अध्यक्षमा हुकुमसिंह राई चुनिएका छन् । विहिबार सम्पन्न प्रथम अधिबेशनको बन्द सत्रले राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चुनिएको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा दमक जवेगु,महासचिवमा दिपेनवाला राई,सचिवमा सुसन राई र कोषाध्यक्षमा विष्णु भट्टराई चुनिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरि सदस्यहरुमा मनकुमारी बेघा,जीतबहादुर राई,भीमराज राई,चन्द्रकला सुब्बा, भोजकुमार राई ,चन्द्रप्रसाद ताजपुरिया,पाण्डव माँझी,सन्तकुमार कार्की ( सन्तोष ) हरिदेवी राई र दिपक न्यौपाने चुनिएको गठित निर्वाचन समितिका संयोजक अधिबक्ता विमल संग्रौलाले जानकारी दिए ।

निर्वाचित समितिलाई विहिबारनै प्रमाणपत्र समेत वितरण गरिएको थियो । त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष राईले आदिवासी रंगशालालाई उद्देश्य अनुरुप अगाडी बढाउन प्रतिवद्ध रहने जोड दिए ।