अभिनेत्री मनीषा कोइरालाले बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका धर्मगुरु श्री श्री शिरोमणि श्री श्री निवासाचार्यलाई भेटेर उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।
उनले निवासाचार्यमाथि गोली प्रहार भएको घटनाले आफू अत्यन्तै दुखित भएको उल्लेख गर्दै घटनाका दोषी पत्ता लगाएर शिघ्र कारबाही गर्नसमेत माग गरेकी छन्।
‘यो अत्यन्तै दुखद घटना हो, म आतंकित भएको छु,’ धर्मगुरु निवासाचार्यलाई अस्पतालको शैय्यामा भेटेर फर्किएकी मनीषाले देशसञ्चारसँग भनिन्।
आइतबार उक्त अस्पतालमा भर्ना गरिएका धर्मगुरु निवासाचार्यको अझै उपचार चलिरहेको छ। उनलाई आइतबार बिहान गोली हानिएको थियो।










