साढे ३३ किलो सुन तस्करी र भरिया हत्या प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले प्रहरी हिरासतमा आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका उनले गएराति आत्महत्या गरेका हुन्। उनले आफुले लगाएको ट्रयाक सुटको पासो लगाएर बाथरूममा आत्महत्या गरेको बताइएको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयले घटनाको पुष्टि गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितीले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो। उनी नेपाल वायु सेवा निगमका कर्मचारी हुन भन्ने छ।

माघ ७ मा हवाईमार्ग हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो। तस्करी गरि भित्रिएको उक्त सुन गायब बनाएको भन्दै तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि गृहले अनुसन्धानका लागि बिशेष छानबिन समिती गठन गरेको हो।

छानबिन समितले आरके ज्वेलर्सका राजेन्द्र शाक्यसहित हालसम्म १९ जना पक्राउ परिसकेका छन्। सुन तस्करीको सञ्जाल भत्काउन सक्रिय समितीले प्रहरीका उच्च अधिकारी र प्रतिष्ठित व्यवासयीलाई शंकामा राखेर अनुसन्धान गरिरहेको छ। नेपालखबर डट कम बाट साभार