बहुप्रतिक्षित मेलम्ची खानेपानीको ग्यालथुङ–सिन्धु खण्ड सुरुङ औपचारिक रुपमा छिचोलिएको छ । बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङको मध्यभागमा रिबन काटेर छिचोलिएको घोषणा गरेका हुन् । त्यस अवसरमा उनले दसैंअघि नै राजधानीबासीले मेलम्चीको पानी खान पाउने आभास भएको भन्दै खुसी व्यक्त गरे ।

यो सँगै आयोजनाको २६ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भएको छ । सुरुङ निर्माणको काम सम्पन्न भएसँगै दसैंअघि राजधानीबासीले मेलम्चीको पानी खान पाउने सुनिश्चित भएको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले बताइन् । उनले मेलम्चीबासीको माग सम्बोधन गर्ने आश्वासन पनि दिइन् । मन्त्री मगरले काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने काममा ढिलाई नहुने पनि स्पष्ट पारिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले आयोजनाका बाँकि काम तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए । उनले आयोजना निर्माणमा स्थानीयबासीले दिएको साथ र सहयोगको पनि खुलेर प्रशंशा गरे ।

https://youtu.be/iK6fVVTYxsQ

केन्द्र बिन्दु बाट साभार