झापाको दमक नगरपालिकाले आफूलाई आवश्यक पर्ने ११ वटा स्थानीय कानुन पारित गरेको छ ।

नगरपालिकाको बिहीबार बसेको दोस्रो नगरसभाले ४ वटा ऐन तथा नियमावली र ७ वटा कार्यविधि तथा निर्देशिका पारित गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरसभामा विद्यायन समिति संयोजक भीम पौडेलले ती कानुनहरु पारित गरियोस् भन्दै पेस गरेका थिए । उनको प्रस्तावलाई सभामा सहभागी सभासदहरुले कर्तालध्वानीबाट पारित गरेका थिए ।

सभाले दमक नगरपालिका न्यायिक समिति (कार्यविधि) एने २०७४, कृषि तथा पशुपंक्षी उत्पादन र व्यवस्थापन कार्यविधि २०७४, शिक्षा नियमावली २०७४, र स्थानीय बजार व्यवस्थापन नियमावली २०७४ पारित गरेको हो ।

यस्तै दमक खेलकुद निर्देशिका, आन्तरिक अनुगमन कार्यविधि, मावन संशाधन विकास कार्यविधि, स्थानीय विकास तथा परियोजना सञ्चालन निर्देशिका, विपन्नता पहिचान कार्यविधि, बस्ती विकास नीति तथा मापदण्ड र घर जग्गा धनिपूर्जा नियमावली (भूमि व्यवस्थापन नियमावली २०७४ को नाम संशोधन) पारित गरेको छ ।

धेरै स्थानीय नियम, कानुन पारित गरिसकेकोले काम गर्न अब कठिनाई भोग्नु नपर्ने मेयर रोमनाथ ओलीले खुसी व्यक्त गरेका थिए । उनले यिनै कानुनका आधारमा नगरको विकासमा जुट्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।