हेटौंडा– अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले हेटौंडाको एक होटलबाट युवतीसहित ११ जनालाई पक्राउ गरेको छ।

मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित थ्रिडी रेस्टुरेन्टमा प्रहरीले छापा हानेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ७ जना पुरुष ३ जना युवतीहरु र रेस्टुरेन्ट संचालिका जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.४ वर्ष ४६ कि देवी रानालाई पक्राउ गरेको हो। उनीहरुविरुरद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

रेस्टुरेन्टमा वेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। नेपाल लाइभ बाट