पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने प्रयास भइरहेको बताएका छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले शब्दजालको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षतु तुल्याइने खतरा बढ्दै गएको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मानसहितको समृद्ध नेपाल हो । विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोहीस्तरको जीवन जिउने आकांक्षा राख्नु स्वभाविकै हो,’ पूर्वराजा ज्ञानेन्द्रले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘तर यहाँ शब्द जालहरुको भुलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको महसूस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो ।’

पूर्वराजा ज्ञानेन्द्रले मौलिक धर्म, संस्कृति र पम्पराविरुद्ध खडा गरिएका चुनौतीहरु अझै शिथिल भइ नसकेको पनि उल्लेख गरेको छन् ।

लोकान्तर बाट