मुगु, १ वैशाख-राराबाट देशवासीका नाममा सम्बोधनपश्चात प्रधानमन्त्री केपी शर्मा ओली नेपाल-चीन सीमा नाका अवलोकन गर्न हुम्लाको हिल्सा प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितको टोली हिल्सा प्रस्थान गरेको हो । हिल्साबाट फर्किएर प्रधानमन्त्रीले सिमकोटमा राजनीतिक भेटघाटसमेत गर्ने छन् ।

त्यसपछि मध्याह्न १२ बजे पर्यटन वर्षको उद्‍घाटन गर्न फेरि रारा फर्किने कार्यक्रम छ । उद्‍घाटन समारोहलाई प्रधानमन्त्रीले सम्बोधन समेत गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रारा फर्किएपछि विद्यार्थी भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीहरूले ७ जना विद्यार्थीलाई विद्यालय भर्ना गराउने छन् । सम्बन्धित स्कूलमै पुगेर भर्ना गराउने भनिए पनि प्रधानमन्त्रीको समय अभावका कारण सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यार्थी रारामा नै आएका छन् ।

प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद गोपाल बमले ७ मध्ये 1/१ जना विद्यार्थी भर्ना गराउने छन्, कसले कुन विद्यार्थी भर्ना गराउने भन्नेबारे पनि यकिन भइनसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

भर्ना गराइने विद्यार्थी र विद्यालयको नाम :

लोकान्तर बाट