वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना५ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम, थर खुल्न सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखेपछि उनीहरूको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ ।