हुम्ला- प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्।
हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताए। ‘अब देशलाई विकसित बनाइन्छ,’ प्रधानमन्त्रीले भने, 'पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं।’
प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको भनाइ राखे। ‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि,’ उनको भनाइ थियो, 'सबै ठाउँको महत्व आआफ्नै छ।’
प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए। कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए।
सभाअगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सात वटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए।
ad










