सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ६ मा मदरसा मदिनतूल ओलुम विध्यालयमा कम्प्युटर शिक्षाको उदघाटन कार्यक्रम आज सम्पन्न भएको छ बि.सं. २०६५ सालमा धार्मिक विध्यालय मदरसाको रुपमा स्थापना भएको उक्त विध्यालयमा उर्दुको साथै नेपाली, गणित,समाजिक, विज्ञान,अग्रेजी,लगायतहरु विषयमा विध्यार्थीहरुले शिक्षा प्राप्त गर्दै आएका छ ।
जिल्लामा कुल धार्मिक रुपमा संचालित ५२ मदरसा, १ गोरुकुल,र १ गुम्बा रहेका छन । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागी सो मदरसाले यस जिल्लामा यस्तो शिक्षा पहिलो पटक संचालन गरेको छ ।
सो मदरसाले एकमात्र नि.मा. सरहको शिक्षा प्रदान गर्दै आएको हाल करिब १६५ विध्यार्थीहरुले पठन पाठन गर्दै आएको मदरसामा ६ वटा शिक्षक ४ वटा शिक्षिका रहेको रहेका मदरसाका प्र.अ. अमिर आजम मियाँले जानकारी दिनुभयो ।
कम्प्युटर शिक्षाको उदघाटन् वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायले गर्नु भएको थियो । सो कार्यक्रममा विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारी, जन जागृती मा.वि.का प्रधानाचार्य बाबुराम सुबेदी, कन्हैया हरिजन, करम हुसैन अन्सारी, अयोध्या प्रसाद यादव, अल्सगिर हजाम,संजय कुशवाहा, अलिसेर अन्सारी लगायतहरुले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन सहबान अन्सारीले गर्नु भएको थियो ।










