ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।

चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङ्जा आसुखर्क गाउँपालिका–८ घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ हाम फालेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालको छैटौं तलाबाट हाम फालेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षेत्री क्यान्सर रोगबाट पीडित थिए।

-नेपाल लाइभ बाट