दमक/झापा दमकका सामाजिक एवं ब्यवसायिक ब्याक्तित्व मदन अधिकारी र नगरपालिका उपप्रमुख गीता अधिकारीले एकएकजना बिद्यार्थीको प्रारम्भिक कक्षादेखि उच्च शिक्षासम्म अभिभावकत्व ग्रहणको घोषणा गरेकाछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षभित्रमा निरक्षरता उन्मूलनको घोषणसंगै जाडेर दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका श्रीमान् मदन अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्- सम्माननिय प्रधानमन्त्रि के पि ओलिज्यूले दुई वर्ष भित्र सिड़्गै मुलुकबाट निरक्षरता उन्मुलन गर्ने घोषणा गर्दै आज नववर्ष 2075 को पावन अवसरमा वाहा र वाहाकी जीवन संगिनि राधिका शाक्यले एक एक जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नु भई सबै देशबासिहरूलाई यो पुण्य कर्ममा सहभागि हुन आह्वान गर्नु भयेको शुखद खबरले उत्साहित भै म मदन अधिकारि र मेरो जीवन संगिनि गिता अधिकारिले पनि एक एक जना असहाय नानिहरूलाई उच्च शिक्षा हासिल गरून्जेल अभिभावकत्व ग्रहण गर्ने धोषणा गर्दछौ ।