गृहमन्त्री रामबहादुर थापाले नेपालमा रहेका शिख समुदायको अधिकारको रक्षा र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । गुरुद्वारामा गुरु नानक सत्सङग व्यवस्थापन समितिले नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाले शिख समुदायलाई सुरक्षामा ढुक्क भएर आफ्ना गतिविधि गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले अंग्रेज विरुद्धको लडाईँमा भारतका रञ्जित सिंह र नेपालका तत्कालीन राजाबीच सहकार्य भएको इतिहास रहेको भन्दै नेपालको स्वाधिनताका लागि शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाले विगतमा नेपालमा ठूला सवारीसाधन भित्र्याउने तथा व्यापार व्यवसायमा शिख समुदायले अग्रणी भूमिका खेलेको समेत चर्चा गर्नुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री थापाले बालाजुमा शिख समुदायले पाउने भनिएको जग्गाको विषयमा आफूले पहल गर्नेसमेत स्पष्ट पार्नुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेपालको विकासमा शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउन शिख समुदायकोे पनि महत्वपूर्ण योगदान रहेको धारणा राख्नुभयो । समितिका अध्यक्ष प्रितम सिंहले बालाजुमा शिख समुदायले पाउने भनिएको जग्गा अहिलेसम्म नपाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउन