काठमाडौं – राजधानी काठमाडौँ यौनधन्दा चलाउने एउटा नयाँ तरिकाको प्रहरीले पर्दाफास गरेको छ। गेष्ट हाउस र मसाज सेन्टरको नाउमा हुने गरेको यौनधन्दाको कडा निगरानी गरिरहेको प्रहरीले यतिबेला यौनधन्दाको नयाँ स्वरूपको पनि भण्डाफोर गरेको छ।
यसैबीच यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले तीन महिलालाई काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ । कोठा भाडामा नै लिएर यौनधन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाले पक्राउ गरी यौनजन्य गैरकानुनी गतिविधि गरेको अभियोगमा मद्धा चलाएको छ ।
लालिगुराश डट कम बाट









