चुलाचुली गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको विस्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्षमा क्षति पुगेको छ ।

विस्फोटबाट दुईतले भवनको छतमा भ्वाङ परेको र छानासमेत खसेको प्रहरीले जनाएको छ । शक्तिशाली कुकर बम विस्फोट भएको घटनास्थलमा रहेका प्रहरी सही देवराज केसीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विस्फोटबाट झ्यालका शिसासमेत फुटेका छन् भने घर चर्किएको छ । शनिबार बेलुका ८ः१५ बजे विस्फोट भएको हो । विस्फोटबाट करिव ८ लाखको क्षति भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-लोकान्तर बाट साभार