प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकलाई दिने सेवालाई विभेद नगर्न आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।

आइतबार प्रहरी क्लब भृकुटीमण्डपमा उपत्यकाभरिका कार्यरत प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दै आइजिपी खनालले समस्या ल्याएर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई समान व्यवहार गर्न निर्देशन दिएका हुन्। खनालले उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीलाई ब्रिफिङ दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली भएकाले यसलाई अन्त्य गर्दै समान व्यवहार गर्ने निर्देशन दिएको ब्रिफिङमा सहभागी एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।