काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गरेका छन् । ९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता आग्रह गरे ।उनले बजारमा आउने अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह पनि गरे ।

९ गते त पार्टी एकता हुन्न भनेर केही नेताले भन्दै हिड्न थालेका छन नी ? नेम्वाङले भने, ‘जस्ले एकता हुन्न भनेको छ, यो प्रश्न उसैलाई सोध्नुहोस, अहिलेसम्म ९ गते नै पार्टी एकता हुनेमा दाँयाबाँया केही फरक परेको छैन ।’ नेताहरुको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको तर ९ गते एकता रोकिने कुरा सही नभएको उनको भनाइ छ । छलफल बाट साभार