लोक सेवा आयोगले खरिदार पदलागि जागिर खुलाएकाे छ । आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै सेवामा जनशक्ति माग गरेको हो। खुला प्रतिस्पर्धाका उम्मेदवारको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरह हुनु पर्नेछ। ग्रेडिङ प्रणाली अनुसार नतिजा भएका उम्मेदवारका हकमा न्युनतम जीपीए २ अनिवार्य हुनु पर्नेछ।

अायाेगले खुला तथा समावेशीमा ५७५ कोटा र आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान गरेकाे हाे । आवेदन चैत २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुरमा चैत २७ गतेसम्मको समय तोकिएको छ। परीक्षा असार २५ र २६ गते हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड