सरकारले १५ दिन भित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिन भित्र आवेदन दिन पनि आह्वान गरेका छन् ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई पुनः सचेत पनि गराए ।
मन्त्री पण्डितले निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै निजामती कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले कर्मचारीहरुले कार्यथलोमा राजनीति गरे सैह्य नहुने चेतावनी पनि दिनु भयो । उनले कामबाहेक कर्मचारीहरुलाई अरु गतिविधि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री पण्डितले कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिने काम तत्कालका लागि स्थगित गरिएको पनि बताए ।
मन्त्री पण्डितले सरकारले राजनीतिक पूर्वाग्रहको आधार कर्मचारीहरुमाथि कुनै पनि खालको व्यवहार नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
https://youtu.be/DPvweEFobWwकेन्द्र बिन्दु बाट










