काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र बीचवैशाख ९ गते हुने भनिएको पार्टी एकताको सम्भावना टरेको छ । प्रधानमन्त्रीको भारत भ्रमण अघि वैशाख ९ गते कम्युनिष्ट दिवसका अवसरमा पार्टी एकता गर्ने निर्णय भएको थियो । तर त्यसयता निरन्तर सम्वाद हुन सकिरहेको छैन ।

आइजिपी नियुक्ति प्रकरणमा भेट भएका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पार्टी एकता बारे छलफल हुन सकिरहेको छैन । यसअघि पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो । तर धेरै पटक एकता संयोजन समितिको बैठक बोलाएर पनि स्थगित भएकाले व्यवस्थापनको धेरै काम बाँकी रहेकाले ९ गते पार्टी एकता अब सम्भव नहुने पार्टी एकता संयोजन समितिका सदस्य एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले बताए ।

यसैबीच एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि हिजो सिन्धुपाल्चोकको सुकुटे पगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । तर पनि प्रचण्डले आज दिउसो ओलीलाई भेट्ने कार्यक्रम रहेको बताईएको छ ।

ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै हिजोसाँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकता टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको बताइएको छ ।

पार्टी एकताबारे छलफल गर्न एमालेले यसै साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी नेता मणि थापाले भने वैशाख ९ गते नै एकता घोषणा गर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना नरहेको बताए। छलफल बाट 

सवालनेपाल टिभी / हेर्नुहोस्