काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

पार्टी एकताको विवादित विषयमा सहमती जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब साढे २ घण्टा चलेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा वैशाख ९ गते गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा र एकताका लागि मिल्न बाँकी रहेका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष दाहालको सचिवलायका अनुसार बैठकले भोली बिहान पार्टी एकता संयोजन समितिको बैठक बसाल्ने निष्कर्श निकालेको छ।

दुवै नेताको सहमती अनुसार भोली बिहान दुवै दलको एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्नेछ।

जनयुद्धलाई स्विकार गर्ने विषय र एकीकृत पार्टीको सांगठनिक आधारमा सहमती हुन नसक्दा पार्टी एकताको औपचारिक घोषणामा ढिलाइ भएको छ।

माओवादीले समानताका आधारमा एकतामा बराबरी हैसियत मागेको छ। एमालेले चुनावी नतिजाका आधारमा एकता गर्न सकिने बताउँदै आएको छ।

सवालनेपाल टिभी 

https://youtu.be/UZXMIJkl0PI