३ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको एकान्त वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टी एकताका लागि कुनै समस्या नरहेको निश्कर्षमा दुबै अध्यक्ष पुग्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई अध्यक्षबीचको छलफलले भोलि विहान वाम एकता संयोजन समितिको बैठक बोलाएको छ । उक्त बैठकले पार्टी एकतावारेमा सवै टुंग्गो लगाउने बताइएको छ । अध्यक्षबीचको छलफलपछि एमालेले स्थायी समितिको बैठक बोलाएको छ भने माओवादी केन्द्रले पनि आन्तरिक छलफल गर्ने भएको छ ।

यसैबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताबारे निर्णय गर्न नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे स्थायी कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग सोमवार बिहान भेटवार्ता गरेपछि एमालेले स्थायी कमिटीको बैठक बोलाएको हो । बैठकमा पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल हुनेछ ।