मिति- २०७४/०१/०३ सयुक्त प्रेस विज्ञप्ति

आज मिति २०७५ बैशाख ३ गते मुलकका प्रमुख विद्यार्थी संगठनहरुको सयुक्त बैंठक नेविसंघको केन्द्रीय कार्यालयमा वस्यो । बैंठकले निजी विद्यालयको चर्काे शुल्कवृद्धि र सार्वजनिक विद्यालयको स्तरोन्नति लगायतका विषयमा तपशिलका निर्णय र संघर्षका कार्यक्रम तय गरेको छ ।

१) सरकारद्धारा जारी गरिएको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिकाको धज्जी उडाउदैं निजी विद्यालयहरुले गरेको चर्काे शुल्कवुद्धि खारेज गर्न, अटेर गर्नेलाई कारवाही गर्न र सार्वजनिक विद्यालयको स्तरोन्नतिका लागि विशेष कदम चाल्न भोलि बैशाख ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२) बैशाख ५ गते ११ बजे पद्य्मोदय माविको प्राङ्गणमा सबै सरोकारवालाको उपस्थितिमा “ निजी विद्यालयको चर्काे शुल्कवृद्धि र सार्वजनिक विद्यालयको स्तरोन्नतिको सवाल” विषयक खुल्ला सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने ।

३) प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको ७२ घण्टा भित्र माग सम्बोधन गर्न विशेष अल्टिमेटम दिने । सो अवधि भित्र शुल्क मापदण्ड निर्देशिकाको कार्यान्वयनमा ठोस कदम नचालिए थप संघर्षका कार्यक्रम अगाडि बढाउने ।

४) नेपाल सरकारले शुरु गरेको राष्ट्रिय विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सम्पुर्ण रुपमा साथ दिने ।

नैनसिंह महर अध्यक्ष नेविसंघ

नविना लामा अध्यक्ष अनेरास्ववियु

रञ्जित तामाङ अध्यक्ष अखिल(क्रान्तिकारी)

नेम्बर राई सचिव संघीय समाजवादी विद्यार्थी फोरम