गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको सोमबार ५० दिन पूरा भएको छ। उनको सचिवालयले ५० दिनमा गरेका महत्वपूर्ण ५० कामका विवरण सोमबार सार्वजनिक गरेको छ।

गृहमन्त्री बादलले ५० दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक चयनदेखि हाकिम सेवामा रहेका प्रहरी अधिकारी फिर्ता बोलाउनेसम्म काम गरेको सचिवालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै आफू आवतजावत गर्दा अत्यावश्यक बाहेकको अवस्थामा साइरन नबजाउन दिएको निर्देशन समेत उनका ५० कामको सूचीमा अटाएको छ। गृहमन्त्रीले महानगरीय प्रहरी वृत्त अनामनगरमा प्रहरी जवानसँग बसेर खाना खाएको तथा आवश्यक निर्देशन दिएको समेत उनका ५० दिनका ५० काममा अटाएका छन्।

यस्तै मन्त्रालयमा उपसचिवको नेतृत्वमा शान्ति प्रवद्र्धन शाखाको स्थापना गरेर सशस्त्र द्वन्द्वका क्रममा सहिद, बेपत्ता भएकाहरुको परिवार र घाइतेहरुको माग सम्बोधन कार्य सुरु भएको जनाएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले नै काम गरिरहेका समयमा गृहको यो शाखाले एकतर्फी सम्बोधन हुने र द्वन्द्व बढाउने सम्भावना रहेको छ।

नेपाल खबर