३ बैशाख । सरकारले चालेको सिन्डिकेट हटाउने कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो निर्णयसँगै गृहमन्त्री रामबहादुर थापा बादल दबाबमा परेका छन् । व्यवसायीले ठाडो चूनौति दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।