दमक/झापाको दमकमा सामाजिक क्षेत्रमा बिशिष्ठ योगदान दिन सफल भइ केहि समयमा नै लोकप्रीय बनेका लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्रप्रसाद गौतमले लायन्सको नयाँ जिम्मेवारी पाएकाछन् ।
गौतमले जोन चेयरपर्सनको जिम्मेवारी पाएकाहुन् । लायन्स बर्ष 2018/2019 का लागि डिस्टिक गर्भनर इलेक्ट लायन अनन्तप्रसाद भेटुवालले उनलाइ जोन चेयरपर्सनमा मनोनित गरेकाहुन् ।
दमक नगरपालिका, गाँउपालिका, इलाका प्रहरी कार्यालय लगायतका सरोकारवाला निकायहरुसंग समन्वय गरेर उनले दमक र आसपासमा सेवाका थुप्रै कामहरु गरेकाछन् ।
गौतमको नेतृत्वमा गौरीगन्ज र शिवसताक्षी नगरपालिकामा औषधि सहित बिशेषज्ञहरु लगेर बहृत स्वास्थ्य शिबिर, ५ बर्षदेखि १५ बर्ष उमेर समुहका सडक बालबालिकाहरुको उद्धार र पुर्नस्थापनामा सक्रियता जनाएका थिए ।
केहि महिनामा नै गौतमले दमकमा अस्वभाविक टाँउको ठूलो भएकी बालिकाको उपचार, दमककै बाधिएकी एक बालिकाको उद्धार एवं उपचार र उक्त परिवारमा खाद्यन्न सहयोग, नगरका अति बिपन्नहरुलाइ खाद्यन्न बितरण, जेष्ठ नागरिकको सम्मान एवं मिष्ठान्न भोजन गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका खेले ।
यसका साथै हात्ती पाइले रोग बिरुद्धको अभियानदेखि लिएर नगरपालिकाले सञ्चाल गरेका अभियानहरुमा समेत उनले लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टलाइ अग्रपंक्तिमा राख्न सफल बने ।










