विराटनगर– माेरङ जिल्लाकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ।

नेपाल सरकारको अनुमतिविना भारतले जबरजस्ती राखेको कार्यालयमा आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ। अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्। नागरिक न्यूज बाट

सवाल नेपाल टिभी 

https://youtu.be/cXYtYcN9Q48