काठमाडौँ — नेकपा(एमाले)ले वैशाख ९ गते नै पार्टी एकता गर्न लचक हुने निर्णय गरेको छ।  माओवादी केन्द्रसँग अधिकतम समझदारी गरेर पार्टी एकता गर्न नेताहरुले जोड दिएका छन्।

सोमबार साँझ बसेको स्थायी समितिको बैठकले बैशाख ९ गते नै पार्टी एकताका लागि मंगलबार हुने बाम एकता संयोजन समितिको बैठकमा सहमति गर्नुपर्नेमा बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकताको तय भएको मिति आउन ५ दिन मात्र बाँकी रहदा दुई पार्टीबीच सम्बन्ध चिसिएको चर्चा छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बराबरी हैसियतमा पार्टी एकता हुनुपर्ने बताउँदै आएका छन्। जसकारण एमाले नेताहरुले माओवादीप्रति आशंका व्यक्त गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। नेपाल लाइभ बाट 

सवाल टिभी

https://youtu.be/85K76DU0xgI