काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई कमजोर बनाउनेहरुको लेखाजोखा हुने बताउनु भएको छ ।
राती ८ बजेर ४० मिनेटमा ट्विट गर्दै अध्यक्ष थापाले राष्ट्रिय राजनीतिमा राप्रपा कमजोर हुंदा हिन्दुराष्ट्र,राजसंस्था र राष्ट्रियताको मुद्दा कमजोर भएको बताउनु भएको छ।
पार्टी कमजोर हुनु र मुद्दाका बिषयमा सरकारले गरेका गतिविधि केही महिना यताका घटना ज्वलन्त उदाहरण भएको थापाको भनाइ छ । राप्रपा कमजोर हुनुमा कसको कति दोष छ,त्यसको लेखाजोखा हुनेनै छ।अहिलेलाई आरोप प्रत्यारोपबाट मुक्त भएर बलियो राष्ट्रबादी शक्ति निर्माणमा जुटौं, उहाँले भन्नुभयो ।\
सवालनेपाल टिभी
https://youtu.be/UZXMIJkl0PI










