धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।जिल्लाको थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय खानीखोलाले दिएको जानकारी अनुसार, घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ ।
प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।










