राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले विदेशी प्रभावमा षड्यन्त्रपूर्वक हिन्दूराष्ट्र हटाई धर्मनिरपेक्षता लाद्ने दलका नेताहरुलाई धार्मिक/सामाजिक समारोहमा बहिस्कार गर्न अपील गरेका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले धर्मनिरपेक्षको आडमा धर्म परिवर्तन गर्न प्रोत्साहन गर्ने नेताहरुलाई धार्मिक समारोहमा बहिस्कार गर्न भनेका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘विदेशी प्रभावमा षड्यन्त्रपूर्वक हिन्दूराष्ट्र हटाई धर्मनिरपेक्षता लाद्ने र धर्मनिरपेक्षको आडमा धर्मपरिवर्तनलाई प्रोत्साहन गर्ने दलका नेताहरुलाई धार्मिक समारोहमा बहिष्कार गर्ने साहस धार्मिक/सांस्कृतिक क्षेत्रले नगरेसम्म सनातन धर्ममाथी आक्रमण भैरहनेछ र नेपाल कदापि हिन्दूराष्ट्र बन्दैन ।’ साझापोस्ट बाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड