काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामती कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि व्यक्त गरे।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उनले भनसुनको भरमा नचल्न पनि सचेत गराए।
लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरूले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाइ छ।
मन्त्री पण्डितले गल्ती नगर्न पनि निजामती कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण गराए। उनले देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरूले भनसुनको भरमा चल्न नहुने पनि स्पष्ट पारे।
कार्यक्रममा मन्त्री पण्डितले १ सय ५३ जना प्रशासन तालिम लिएका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
सवालनेपाल टिभीhttps://youtu.be/dE34VdrG9BA
https://youtu.be/UZXMIJkl0PI










