काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ विरुद्ध परेको रिट खारेज भएको छ।
अधिवक्ताहरु नारायण खरेल र हेममणि सुवेदीले पदावधि सकिएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिएको र त्यो अवैधानिक भएको भन्दै चैत १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट खारेज गरेको हो।
राष्ट्रपति भण्डारीले फागुन ३० गते पराजुलीबाट सपथ लिएकी थिइन्। सोही दिन साउनमै उमेरहदका कारण पदावधि सकिइसकेको भन्दै न्याय परिषद् सचिवालयले पराजुलीलाई अवकाशको पत्र पठाएको थियो।
परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषद्लाई पठाएको पत्रमा उनको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट पराजुली प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराइएको थियो। नेपाल लाइभ बाट










