चलचित्र ‘आरोही’ को फस्ट लुक्स सार्वजनिक भएकोे छ । हाम्रो थिएटर नेपालको सहकार्यमा युजेश फिल्मस् प्रा लिई को प्रस्तुति रहेको चलचित्र ‘आरोही’को मङ्गलवार पाँचथरमा एक कार्यक्रम बिच फस्ट लुक्स सार्वजनिक गरिएको हो ।चलचित्र चाँडै नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी  गराए ।

उक्त चलचित्रले समाजको विकृति विसंगती माथि चिरफार गर्दै,नारी प्रधान तथा प्रेमिल जोडीहरूको आरोह अवरोह र सङ्घर्षको कथा समेटेर बनाइएको निर्माता नवीन ढुङ्गेलले जानकारी दिए ।यस्तै चलचित्रका निर्देशक एन बी अन्जानले चलचित्रमा फ्युजन कथा(प्रेम, रोमान्स, कमेडि र एक्सन) रहेको समेत जानकारी दिए । दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको समेत उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्रमा प्रज्वल गिरी, सोनिया गिरी (रन्जु), खुस्बु पौडेल, अभय चन्द, पुष्कर भट्ट, लय संग्रौला, घनश्याम गिरी, रेसम फिरिरि, किरण थापा,राकेश गिरी,जयना कुंवर लगायतको अभिनय रहेको छ ।

एन बी अन्जानको लेखन तथा निर्देशनमा निर्मित आरोहीमा मुकुन्द घिमिरे, दिपेन्द्र कोइराला, कुमार ओझा, अजय सुब्बा,सङ्गम खनाल,मबिन्द्र योङया,नवीन ढुङ्गेल,शङ्कर आङदेम्बे,राजन खतिवडा,हरि सुबेदी,रमेश आङदेम्बे,कुसुम बाँस्कोटा (एकल यात्री) लगायतको निर्माण रहेको छ ।चलचित्र नेपालका विभिन्न ऐतिहासिक क्षेत्र तथा रमणिय स्थानहरूमा छायाङकन गरीएको हाे ।

चलचित्रको छायाङकन मदन कास्यप घिमिरेले गरेका हुन भने,नृत्य शङ्कर बि सी,सम्पादन सुवास देवकोटा,भी एफ एक्स समीर मिया र श्रीकृष्ण श्रेष्ठ, कलर संयोजन समीर मिया, पाश्र्व सङ्गीत श्रीकृष्ण , मिक्सिङ आँचल श्री (मुम्बई) ,कार्यकारी निर्देशन नवराज शर्माको रहेको छ ।

यस्तै दयाराम पाण्डे, टङ्क बुढाथोकी र दिनेश सुवेदीको शब्दमा टङ्क बुढाथोकी र ओम सुनारले सङ्गीत गरेका छन् ।  टङ्क बुढाथोकी, ओम सुनार, मेलिना राई, जानु प्रसाई, मनीषा पोखरेलकाे अावज रहेकाे छ ।