काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक मंगलबार बेइजिङमा विमोचन गरिएको छ। उनका महत्वपूर्ण भाषणहरु समेटेर चिनियाँ भाषामा तयार गरिएको पुस्तक परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बेईजिङस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रममा विमोचन गरेका हुन्।

विमोचनपछि ज्ञवालीले चीनका अध्ययनकर्ताहरुलाई पुस्तकले नेपालबारे बुझ्न र त्यहाँको समस्याबारे थाहा पाउन ठूलो सहयोग पुग्ने बताए। पाङगोल इन्टिच्यूट एण्ड साउथ एसियन इन्टिच्यूट अफ सिचुवान युनिभर्सिटीका प्रोफेसर लि तावोले चिनियाँ भाषामा अनुवाद गरेकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाली भाषामा अनुवाद गरिएको पुस्तक काठमाडौंमा विमोचन गरिएको थियो ।