काठमाडौँ । ३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ। मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सुन काण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको जवाफ माग गरेका हुन्।

माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुन काण्ड प्रहरीको हाई कमान्डसँग जोडिएको बताउनुभयो। उहाँले यसबारे सरकारको जवाफ माग गर्नुभएको छ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस सांसद केदार कार्कीले प्रदेश–१ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गर्नुभयो। प्रदेशमा पछिल्ला समय अपराधिक घटना दिनानुदिन बढेको भन्दै उहाँले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताउनुभयो।